Corona (COVID-19) Updates

आज पनि काठमाडौँ उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित, यी स्थानका हुन् ति संक्रमित !!

पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा देशभर १८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै कोरोना संक्रमितको संख्या १७८४४ पुगेको छ । काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका २ र ललितपुरकामा १ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामा ४२१६ पीसीआर परीक्षण गरिएको छ । १७३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या जम्मा ११८६८ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५९३६ जना रहेको छ ।

Related Articles

Back to top button
Close