Corona (COVID-19) Updates

बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्र मण पुष्टि

बारा । सरकारले सार्वजनिक यातायात सञ्चालनको अनुमती दिएसँगै बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार विरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालको ल्यावमा गरिएको परिक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका ३, सुवर्ण गाउँपालिकाका ३ र सर्लाहीको धनकौल घर भई बारामा कार्यरत ६ गरि ४६ जनामा कोरोना पोजेटिभ रहेको प्रमुख जिल्ला अधिकारी पंडितले जानकारी दिनुभयो।

कोरोना पोजेटिभ भेटिएकाहरु मध्ये ३४ जना पुरुष र १२ जना महिला संक्रमित रहेका छन् । संक्रमित मध्ये देवताल गाउँपालिकाका वडाध्यक्ष, स्वास्थ्यकर्मी र अन्य कर्मचारी समेत रहेका जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रशासन, स्थानिय तह सचेत नभएकै कारण कोरोना पोजेटिभ दिनहु बढेको स्थानियहरुले गुनासो गरेका छन् ।

Related Articles

Back to top button
Close