News
पहिरोले पुरिएर काठमाडौंमै एक जनाको ज्या`न गयो
काठमाडौं- अविरल वर्षाका कारण पहिरो जाँदा काठमाडौंमै एक जनाको ज्या`न गएको छ । कागे`श्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो ।
गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर गुरुङको ज्या`न गएको महा`नगरीय प्रहरी परि`सर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।
आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराज`गञ्जमा राखिएको छ ।
साँझ साथीभाइसँग उनी गागल`फेदीको जङ्ग`लमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निध`न भएको बताइएको छ ।