Corona (COVID-19) UpdatesThoughts

ऐश्वर्यालाई कोरोना हुँदा जोन सेना दुखी

काठमाडौं। बलिउड महानायक अमिताभ बच्चन लगायत उनका परिवारलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएका थिए । कोरोना संक्रमित भएका महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्या अहिले अस्पतालमा उपचार गराइरहेका छन्।

कोरोना पुष्टि भएपछि शुरुमा घरमै बसेर उपचार गराइरहेकी अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्यामा जोरो र घाँटी दुखाइको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

कोरोना संक्रमण भएपछि अहिले उनका धेरै फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।यसैबीच चर्चित रेस्लर जोन सेनाले अभिनेत्री ऐश्वर्या राई बच्चनको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले ऐश्वर्याको तस्बिर शेयर गर्दै क्याप्सनमा केही लेखेका छैनन् । उनले तस्बिर शेयर गरेर ऐश्वर्याको सम्मान गरेको र दुखी भएको बुझिएको छ । किनकी उनी बलिउडका धेरै कलाकारका फ्यान हुन्।

Related Articles

Back to top button
Close