Corona (COVID-19) Updates

आयो यस्तो खुसीको खबर, नेपालका आठ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

०४ असार, काठमाडौंः नेपालमा अहिले कोरोना संक्र मितको संख्या कुल १७ हजार ६ सय ५८ पुगिरहँदा आठ वटा जिल्ला भने कोरोनो भाइरसको संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ८ जिल्लाहरु कोरोना संक्रमण मुक्त भएको बताएका हुन् । केही समयअघि नेपालका ७७ वटै जिल्लामा फैलिएको कोरोना संक्रमणलाई जितेर यी आठ जिल्लाहरु कोरोना भाइरसको संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए अनुसार नेपाल कुल ७७ जिल्ला मध्येमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरि कुल ८ जिल्ला कोरोना संक्रमणमुक्त भएका हुन् । प्रवक्ता गौतमले यी जिल्लाहरुमा भएका सबै कोरोना संक्रमितहरु संक्रमणमुक्त समेत भएको बताएका छन् ।

हालसम्म नेपालमा १७ हजार ६ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भईरहँदा कुल ११ हजार ६ सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज मात्रै देशभरका विभिन्न प्रयोगशालामा गरिउको परिक्षणमा कुल १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने कुल ५८ जना डिस्चार्ज भएका थिए । त्यस्तै, हालसम्म नेपालमा कुल ४० जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Related Articles

Back to top button
Close