Videos

गर्भवती पत्नीलाई अस्पतालमा बस्ने ठाउँ नपाउँदा पति बने कुर्सि, पतिको माया देखेर विश्वलाई नै भावुक बनायो (भिडियो)

एजेन्सी – चीनमा एक पतिले आफ्नी ग र्भवती पत्नीलाई अस्पताल लिएर गएका थिए। पालो कुर्दै गर्दा त्यहाँ बस्न कुर्सि थिएन। यो देखेर ती पतिले जुन कदम उठाए, त्यसले अहिले पूरा विश्वलाई भावुक बनायो। खासमा, बस्ने कुर्सि नहुँदा ती पति आफैं कुर्सि बने, पत्नीलाई पिठ्युँमा बसाएर आराम गराए। अहिले सामाजिक संजालमा यस घ टनाको भिडियो व्यापक भा इरल भएको छ।भा इरल भिडियोमा ती पति मानव कुर्सि बनेको देखिएको छ। भिडियोमा ती पुरुषको आफ्नी पत्नी प्रतिको अगाध माया प्रष्ट देखिन्छ।

भिडियोमा उनले पत्नीलाई पानि पिलाएको पनि देखिएको छ।अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भिडियो उत्तर पूर्वी चीनको हो । उत्तर पूर्वी चीनको हेलोङ्जियाङ प्रान्त स्थित हेगाङ्ग शहरको यस भिडियोले करोडौंको दिल जितेको छ। बताइएअनुसार भिडियो सबै भन्दा पहिला हेगाङ्ग प्रहरीले सामाजिक संजालमा अपलोड गरेको थियो। पहिला छोटो-भिडियो शेयर गरिने एप डुयिन मार्फत बाहिरिएको यस भिडियो फेसबुक देखि युट्यूब सम्म भा इरल भएको छ।

भिडियो>>>

Related Articles

Back to top button
Close