Educational News

त्रिविको स्थगित परीक्षा सञ्चालनको तोकियो यस्तो विधि

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नात कोत्तर तहको परीक्षाको विधि तोकिएको छ । परिक्षा असोजभित्र जसरी पनि सञ्चालन गर्ने निर्णय भएको छ। विद्यार्थी लाई भौतिक रूपमा उप स्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधि बाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँ अघि सञ्चालन गर्ने गरी परी क्षाको कार्यतालिका तयार पारेको बताए।

विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ। सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिनुुभयो।

यसका साथै वार्षिक प्रणा लीमा अध्यय नरत विद्यार्थीको परीक्षा अनला इनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे। यसअघि विश्वविद्यालय अनु दान आयोगले उच्च शिक्षाको परीक्षाका लागि अन लाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिने लगायतका विकल्प खुला गरेको थियो तर त्रिविले भने अनलाइन या विद्या र्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो।

स्थगित परी क्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्ना तक तथा स्नात कोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्या र्थीको परीक्षा लिइने भएको छ। यो परीक्षा दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ।

Related Articles

Back to top button
Close