NewsVideos

नेपाली सेनाले थाल्यो धमाधम आफ्नो काम, प्रधानसेनापति पूर्णचन्द्र थापाले दिए यस्तो निर्देशन

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले उच्चस्तरको सैनिक आचरण कायम गर्न निर्देशन दिएका छन्।दोस्रो सैनिक आचारसंहिता २०७७ को शुभारम्भ गर्दै थापाले संगठन सुधारका लागि कार्यरत सबै सैनिकमा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्नेमा जोड दिएका हुन्।

थापाले आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको बताए। ‘पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन हो’ थापाले भने,‘संगठनमा आचारसंहिता सम्बन्धी विषयमा हरेक व्यक्तिले हरेक दिन विशेष जोड दिनुपर्दछ।’

सैनिक संगठन भित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले वार्षिक कार्यक्रमको रुपमा “आचारसंहिता सप्ताह“ सञ्चालन हुँदै आएको छ।

साउन ८ गते सम्म चल्ने सप्ताहमा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन हुने प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

Related Articles

Back to top button
Close