News

सार्वजनिक बस चलाउन यातायात व्यवसायी तयारी

काठमाडौं ०३ साउन / विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस कोभिड-१९ का कारण नेपालमा गतसाल चैत ११ गतेदेखि देशलाई लकडाउन घोषणा गरेसँगै बन्द भएको सार्वजनिक यातायात खुल्ने भएको छ ।

केही बसहरुले केहिदिन अगाडिदेखि सेवा सुचारु गरिसकेको छ । कोरोना रोकथामको मापदण्ड पूरा गर्दै साझा यातायात, मयुर यातायात, सुन्दर यातायात लगायतका बसहरुले सेवा सुचारु गरेको हो ।

सरकारको मौद्रिक नितिले आफ्ना मागहरु सम्बोधन गरेपछि व्यवसायीहरुले सार्वजनिक यातायात संञ्चालन गर्ने भएका छन । उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।

सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको भएपनि यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णयका कारण धेरै यातायात सञ्चालनमा आउन सकेका छैनन् ।

माग पुरा भएपछि अव यातायात सुचारु गर्न आफुहरु तयार रहेको बताउदै यातायात व्यवसायी राष्ट्रिय महासंका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले अब सरकारले सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डबारे थप स्पष्ट गर्नासाथ सबै कम्पनीहरूले सवारी चलाउने बताए ।

समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गरेर जानुपर्ने उनको भनाई छ । अब सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’का साथ सवारी सञ्चालन गर्दा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने स्पष्ट गरेर अघि बढ्ने यातायात व्यवस्था विभागले बताएको छ ।

Related Articles

Back to top button
Close