नेकपाद्वारा साउन ६ गते ब,न्द,को घोषणा, कुन-कुन जिल्ला हुदैछन बन्द ? संघर्षका थप कार्यक्रम सहित
काठमाडौँ। सरकारले नेकपाका नेता ओमप्रकाश पुनलाई गि,र,फ्ता,र गरेपछि उक्त पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली ब,न्द,को कार्यक्रमसहित सङ्घर्ष घोषणा गरेको छ ।
कोरोना भाइरस र बाढीपहिरोले निम्त्याएका समस्याहरू समाधानका लागि उदार तथा रचनात्मक कार्यक्रममा जुटिरहेको बेला सरकारले आफ्नो पार्टीका नेता–काकार्यकर्ताहरूलाई कृत्रिम मुद्दा बनाएर अराजनीतिक, अमानवीय, अनैतिक तथा गैरन्यायिक तरिकाले गिरफ्तार गरेको भन्दै नेकपाले सङ्घर्ष घोषणा गरेको हो । जसअनुसार सेती-महाकालीका ९ जिल्ला बन्द हुनेछन् ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरोका इन्चार्ज ओम प्रकाश पुन तथा महिला नेत्री पूर्णिमा धामीलाई बुधबार अपमानजनक ढङ्गबाट झूट्टा मुद्दा भिराएर हिरासतमा राखेको भन्दै ३ साताको समयमा मात्र सेती–महाकालीका विभिन्न जिल्लाहरूबाट एक दर्जन नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरिएकाले नेकपाले स,ङ्घ,र्ष ,घो,ष,णा गरेको हो ।सेती–महाकालीमा केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन तथा चूडामणि ओलीसहित दुई दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई विभिन्न जिल्लाका हिरासत तथा कारागारहरूमा बन्दी बनाएको भन्दै सङ्घर्ष घोषणा गर्नुपरेको नेकपाले जनाएको छ ।
नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्तिअनुसार घोषित सङ्घर्षका कार्यक्रमहरूमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् ।नेकपाको सेती–महाकाली ब्युरो कार्यालयको विज्ञप्तिमा आफ्नो पार्टीले नचाहँदानचाहँदै पनि सरकारी रबैयाका कारण सङ्घर्ष घोषणा गर्नुपरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक जनता, उद्योगी–व्यवसायीहरूले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र विरोध तथा आफ्नो पार्टीभित्रको ,गु,ट,गत अन्त,रविरोधको आ,क्रो,श,बाट अन्धो बनेको वली स,रकार पतन उन्मुख दलाल पुँ,जी,वा,दी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि दमनमा उत्रिएको छ जुन फा,सि,वा,दी ह,र्क,त,का अगाडि झु,क्नु,को साटो लु,टे,रा, द,ला,ल सरकारलाई मु,ह,तो,ड जबाफ फर्काइनेछ ।’
बन्दको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आ,ह्वा,न गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत नेकपाले अपिल समेत गरेको छ ।
‘अतः आमनागरिकहरू महामा रीले उब्जाएको पी,डा,मा उ,कुसमु,कुस भैरहेको अवस्थामा न,चा,हँ,दा,न,चा,,हँदै पनि फा,सि,वा,दी सरकारको दमन, ध,र,प,क,ड तथा गि,र,फ्ता,री, झू,ट्टा मुद्दा, र राजनीतिक गतिविधिमाथिको प्रतिबन्धका वि,रु,द्ध प्रतिरोध गर्न सेती–महाकाली ब्युरोमा सङ्घर्षका कार्यक्रमहरू घो,ष,णा गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
केपी ओली सरकारले दमन न,रो,के,पछि बि,द्रो,ही नेपाल कम्युनिष्ट पार्टी आ,क्रा,म,क ढंगले अघि ब,ढ्ने,, भएको छ । यसैबीच पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पङ्क्तिलाई प्र,तिरक्षात्मक तथा प्रति,रो,धा,त्म,क क,र,बा,ही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् ।
ओली सरकारले बुधबार पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सद,स्य जो,खिमलाई गि,र,फ्ता,र गरेर जबर्जस्ति ह,ति,,या,र भि,डा,ए,र झुट्टा मुद्दा लगाउने तयारी गरेपछि बिहिबार एक बिज्ञप्ति जारी गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
सरकारले एकातिर विभिन्न सम्पर्क स्रोतमार्फत वार्ताका लागि पटकपटक भेटघाट र छलफल गरेजस्तो गर्ने र अर्कोतर्फ नेता कार्यकर्ताहरुलाई निरन्तर गिरफ्तार गर्ने, झु,ट्टा,मु,द्दा लगाउने र जनतालाई दुख दिने कार्य जारी राखेपछि विप्लव आक्रोशित बनेका छन् । त्यसकारण विप्लवले आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई विशेष निर्देशन दिएका हुन् ।
‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्र,चा,र गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गि,र,फ्ता,र गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेता पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै विप्लवले सरकारी चालबाजीको भ्रममा नपर्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् । यसअघि नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको थियो ।
राष्ट्रको स्वाधीतना र जनताको अधिकारका लागि ल,डि,र,हे,को आफ्नो पार्टीमाथि गरिएको दमनको भत्र्सना गर्दै महासचिव विप्लवले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने र वार्ता–भेटघाटका लागि प्र,चा,र गर्ने तर पछि गि,र,फ्ता,र गर्ने कार्य गरेको भन्दै मानवअधिकारवादी, कानुनविद् र बुद्धिजीवीहरूलाई विशेष ध्यान दिन आग्रह पनि गरेका छन् ।
नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो । बिरामी भेट्न आफन्तकोमा पुगेको बेला प्रहरीले उनीहरूलाई लखेटीलखेटी गिरफ्तार गरेपछि नेकपा आक्रोशित भएको हो ।नेकपाले अब रोकिएका जनकारवाही समेत सुरु गर्ने भएको छ । कमिसनखोर, भ्रष्ट, दलाल, भूमाफिया, शैक्षिक माफिया र दलाल पुजीपतिहरु अब नेकपाको टार्गेटमा पर्ने नि श्चित भएको छ ।