Corona (COVID-19) Updates

खुशीको खबर, बेलायतले तयार पारेको कोरोनाको खोप १ हप्ताभित्र घोषणा गरिँदै

एजेन्सी । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा विश्वका शक्ति सम्पन्न राष्ट्रहरु एकपछि अर्को गर्दै लागिरहेका बेला बेलायतले भने खोप तयार पारिसकेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने दाबी गरेको छ ।

तेस्रो चरणको मानवीय परीक्षण क्रममा रहेको यो खोपलाई लिएर निर्माताहरू उत्साहित रहेका बेला खोप सार्वजनिक गर्ने खबर बाहिर आएको बेलायती टेलिभिजन नेटवर्क ुआइटिभीु का राजनीतिक सम्पादक रोबर्ट पेस्टनले समे उल्लेख गरेका छन् ।

विश्वभर कोरोना भाइरसविरूद्ध सयभन्दा बढी खोप परीक्षण भइरहेको समयमा अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाको अनुसन्धानलाई अग्रणी मानिएको छ। कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानी भएका कारण पनि समयमा नै यो बाहिर आउनसक्ने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

जसका लागि अमेरिकाले एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने निर्णय गरेको थियो।

Related Articles

Back to top button
Close