Local News( SHANKHARAPUR)

लप्सेफेदी-नाङ्लेभारे एम्बुलेन्स सेवा बन्द !!

जहरसिं पौवा , शंखरापुर । ३१ असार , बिगत धेरै बर्ष देखि यस लप्सेफेदी-नाङ्लेभारे(शंखरापुर १, २ र ३ वडा) क्षेत्रमा संचालित लप्सेफेदी-नाङ्लेभारे एम्बुलेन्स सेवा आज बाट अनिश्चित समयका लागि बन्द भएको समाचार प्राप्त भएको छ , करिब १ वर्ष देखि चालकलाइ पारिश्रमिक दिन नसकेको कारण आज अबत उक्त सेवा बन्द भएको छ ।

 

हाल यस क्षेत्रमा एक मात्र एम्बुलेन्स संचालनमा रहेको थियो , एम्बुलेन्स चालक लाइ बिगत १ बर्ष देखि तलब सुबिधा प्रदान गर्न नसकिए पछि उक्त सेवा बन्द गरिएको छ ।

 

 

एम्बुलेन्स एक अपरिहार्य सेवा हो जुन हरेक मानिस लाइ आवश्यक पर्दछ । यसका लागि स्थानीय जनप्रतिनिधि निकायहरुले बिशेष ध्यान पुराउनु आवश्यक छ । आवश्यक पहल गरि एम्बुलेन्स सेवा पुन संचालन हुन् आवश्यक छ ।

Related Articles

Back to top button
Close