Corona (COVID-19) Updates

अमेरिकाले गरेको कोरोना खोपको परी`क्षण सका`रात्मक आएपछि वैज्ञा`निक उत्सा`हित

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन) परी`क्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ। आगामी जुलाई २७ मा खोप परीक्ष`ण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ। मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ।

यसअघि गरिएका परी`क्षण निकै सुर`क्षित रहेको दाबी गरिको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो। आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभा`वकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ। कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ। कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्व`जनिक गरिनेछ।

मोड`र्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो। पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरु द्धको एन्टीबडी तयार भएको देखिएको छ।

मोडर्नाले पहिलो चरणको परी`क्षणको अन्तरिम नतिजा यसअघि नै प्रकाशन गरिसकेको छ। पहिलो चरण भनिएको यस परीक्षणको नतिजा गत मे महिनामा सार्वजनिक गरिएको थियो। पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड–१९ सल्लाहकार एन्थोनी फाउचीले बताउनु भएको छ।

तर कतिपय वैज्ञा`निकहरुले मोडर्नाका तथ्याँकहरुको गहन विश्लेषण पछि मात्र ठोस निष्क`र्षमा पुग्न सकिने बताउँदै आएका छन्। मोडर्नाले गरेको परी`क्षणमा सहभा`गीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो । २८ दिनपछि यही परि`माणमा दोस्रो खोप दिइएको थियो। पहिलो चराण्मा बढी मात्राको डोज दिइ`एका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो।

दोस्रो चरणमा सहभा`गीहरुमा कोभिड–१९ भएका अधि`कांश बिरामीभन्दा बढी ए`न्टीबडी देखिएको थियो। यी बिरामीको शरीरमा आफैं पनि एन्टीबडी तयार भएको थियो। आधा भन्दा बढी सहभा`गीहरुका शरीरमा सामान्य किसिमको नका`रात्मक असर (साइड इफेक्ट) देखिएको थियो। जोन्स हप्किन्स विश्व विद्यालयका संक्रा`मक रोग विशेषज्ञ अमिश अडाल्जाले परीक्षणमा सह`भागीमा निकै राम्रो एन्टी बडी तयार हुनु उत्साह`जनक कुरा रहेको बताउनु भयो। मोडर्नाले तयार पारेको भ्याक्सि`नमा जेनेटिक साम`ग्रीको प्रयोग गरिएको छ।

Related Articles

Back to top button
Close