Religious

भोलि साउने संक्रा`न्ति : लुतो फाल्ने, तिउरी लगाउने, नेपाली हिन्दु नारीहरुका लागि विशेष दिन

काठमाण्डौ – भोलि साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व, देश`भर मनाइदै छ। ज्योतिष शास्त्रा`नुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ।

सामा`न्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशी(साउने संक्रान्ति) र मकर राशी(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। भोलिको दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ। साउने सं क्रान्तिका दिनदेखि हिन्दु धर्मसम्बन्धित परम्पराका चाडहरू भित्रिने भनाई छ। हिन्दु धर्मालम्बीहरूले स्नान, दान, होम, श्राद्धजस्ता धार्मिक कार्यको सुरूवात साउने संक्रा`न्तिबाट नै हुने गर्छ।

कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ भन्ने कथन अनुसा`र असार महिनाभर गरेको खेती`पातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ। साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ। फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छाला`जन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ। कुकुर`डाइनो, कागभ`लायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पतिहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगु`ल्टोबाट लुतो फ्याँक्ने चलन छ ।

साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन्। महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ। तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन। साउने संक्रान्ति किराँती समुदायकाबीच ‘सिसेक्पा तङ्नाम’को नामले मनाउने गरिन्छ। किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिको दिन नयाँ पाकेका फलफूलहरू चढाउन डोरीमा तुनेर ढोकामाथि झूण्ड्याउने परम्परा रही आएको छ।

पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रूपमा मात्र मान्दैनन्। किराँत समु`दायमा ‘काण्डरक’ नामक राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवी प्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक काहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ। यसर्थ, यो चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ।

साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्काइन्छ। थाल, झयाम्टा, नाङ्लो र ढोलहरू बजाइन्छ। प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्छन्। यसरी, खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रु, चोर, डाका आदिलाई खेदाइएका हुँदैनन्।

Related Articles

Back to top button
Close