Corona (COVID-19) Updates

काठमाडौंमा फेरि थप ७ जनामा कोरोना संक्र मण देखियो

काठमाडौं, ३१ असार । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्र मण फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्र मण पु ष्टि भएको छ । यसैगरी शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा पुष्टि भएको छ ।

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भने काठमाडौंका ४ जनामा कोरोना संक्र मणको पु ष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ललितपुर र भक्तपुरमा भने कुनै पनि संक्रमित फेला परेका छैनन् ।

Related Articles

Back to top button
Close