Religious

पौराणिक कथनः पार्वतीका कारण बन्यो समुद्रको पानी नुनिलो !!

शिव पुराणका अनुसार एक पटक देवी पार्वती महादेवलाई पतिका रुपमा पाउन भनि घोर तपस्यामा थिइन् ।उनको तपस्याको तेज यतिधेरै थियो कि देवलोकमा बसेका देवताको समेत सिंहासन डगमगाएको थियो । जसका कारण देवता भयभीत भए । यसरी देवलोक सिंहासन डगमगाएपछि सम्पूर्ण देवता यस समस्याको समाधान खोज्न तर्फ लागे । तर समुन्द्र देव भने देवी पार्वतीको रुप देखि मोहित भए ।

केही समयपछि देवी पावर्तीको तपस्या पूर्ण भयो । तब समुन्द्रदेवले पार्वती समक्ष विवाहको प्रस्ताव राखे । तर देवी पार्वती विना क्रोधमा आई आफू महादेवसंग प्रेम गर्ने भन्दै उनैसित विवाह गर्ने र उनैलाई आफ्नो पति परमेश्वर मानिसकेको बताइन् ।

यो सुनेर समुन्द्र देव क्रोधित बने । उनले महादेवका बारेमा नराम्रो वचन बोले । उनले क्रोधमा भष्मधारी, आदिवासी महादेवसँग त्यस्तो के छ जो मसंग छैन भनी पार्वतीलाई प्रति प्रश्न गरे ? समुन्द्रले आफू सबै प्राणिको तिर्खा मेटाउने र आफ्नो चरित्र दूध जतिकै पवित्र रहेको बताउँदै पुनः विवाहको प्रस्ताव राखे ।महादेव पति पाउ भनि तपस्यारत पावर्तीलाई समुन्द्र देवको यो प्रस्तावले चोट पु¥यायो । उनले आफूले पति ठानेका महादेवको तिरस्कार सहन सकिनन् र क्रोधमा आई समुन्द्र देवलाई श्राप दिइन् ।

उनले समुन्द्रलाई जुन पानीको मिठासका कारण तिमिमा यो घमण्ड आएको छ, त्यो नाश होस् र पानी नुनीलो होस् भन्ने श्राप दिइन् । देवी पार्वतीको श्रापद्वारा समुद्रको जल नुनीलो स्वादमा परिणत भयो ।अर्काे एक पौराणिक कथाका अनुसार समुन्द्र मन्थनको प्रभावले पनि समुन्द्रको पानी नुनीलो भएको उल्लेख गरिएको छ । (खबरहब)

Related Articles

Back to top button
Close