News

मेलम्चीको सुरु`ङको ढोका फु`ट्यो, इञ्जि`नीयर सहित दुई बेपत्ता, दुई घा`इते

असार ३०, काठमाडौँ | आज दिउँसो १२:३० बजे पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा` पा`नीले बगाएर त्यहाँ कार्यरत अन्दा जी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जि`नीयर सतिश गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्म`चारी युवराज गिरीले जान`कारी दिनुभयो ।

त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जि`नीयर शेखर खनाल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरी`क्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । घाइतेलाई हेलिकप्टर मार्फत काठ माडौँ लगिएको तामाङले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधि`कारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

ढोका फुटे पनि आएको बाढीले बा १ झ ८७६४ नंको हाइ`लक्स गाडी समेत बगाएको छ । मेलम्ची खानेपानी आयो जनाले एक साता पहिले दे खि सुरुङ परीक्षण गरिरहेको छ । रासस

Related Articles

Back to top button
Close