ThoughtsVideos

राजेश हमालसँग हात जोडे,र माफी माग्दै दिपकराज गिरीले भने- दिपाश्रीको गल्ती स्वीकार्दै डिप्रेसनमा जान न,दिऔं (भिडियो सहित)

काठमाण्डौं । यतिबेला सामाजिक सञ्जालमा महानायकको विषय चर्चामा रहेको छ । नेपाली फिल्ममा महानायक भनेर राजेश हमाललाई सम्बोधन गर्ने गरिएको छ । तर पछिल्लो केही दिन यता साामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कलाकार दिपाश्री निरौला र दिपकराज गिरीको अलोचना गरिरहेका छन् ।

एक अन्तर्वार्ताका क्रममा अभिनेत्री निरौलाले राजेश हमाललाई पत्रकारले महानायक बनाइदिएको अभिव्यक्ति दिएपछि उनीसहित दिपकराज गिरी पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बनेका छन् । ट्रोलको शिकार बनेपछि दिपाश्रीले सामाजिक सञ्जालमार्फत नै माफिमागि सकेकी छिन् तर उनको आलोचना भने जारी रहेको छ ।

सामाजिक सञ्जालमा दिपाश्रीमाथि मानिसहरु खनिएपछि कलाकार गिरीले पनि एक स्टाटस लेखेका थिए । दिपाश्रीको समर्थनमा स्टाटस लेखेपछि गिरीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले महानायक भन्दै कटाक्ष गरेका थिए । महानायक भन्दै विरोध जारी रहेपछि गिरीले पुन अर्को स्टाटस लेखे थप आलोचना भयो ।

यसैबीच यसैबीच दिपकराज पुन लाईभ आएर माफी माग्दै दिपाश्रीलाई डिप्रेसनमा जान नदिन आग्रह गरेका छन – हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close