Thoughts

अमेरिकाबाटै निर्देशक भट्टराईले निश्चललाई भने- ‘राजेश हमा`लको अभि`नय मापन गर्ने अधिकार छैन’

काठमाडौं । निर्देशक श्याम भट्ट`राईले अभि`नेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधि`कार नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक आक्रोसपूर्ण पोष्ट गर्दै निर्देशक भट्टराइले अश्लिल शब्द बिना चलचित्र निर्माण गरेर देखाउन बस्नेतलाई चुनौती समेत दिएका छन् ।

को हो त्यो निश्चल बस्नेत ? प्रश्नसहित लेख्न सुरु गरेका भट्टराइले राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो भन्ने प्रश्न समेत खडा गरेका छन् । ‘अश्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’ उनले अगाडि भनेका छन्– ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ । धेरै नबोल ।’ भट्टराइले कहाँबाट पाध्ने र कहाँबाट छाध्ने आफुलाई नसि`काउन समेत भनेका छन् ।

निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरि`कामा छन् । आधा दर्जन फिल्म निर्देशन गरेका भट्ट`राईले राजेश हमालको बिषयमा निश्चलले बि`भिन्न सञ्चार माध्यममा दिएको अन्त`र्वार्ता चित्त नबुझेर आफुले सामा`जिक सञ्जा`लमा उक्त पोष्ट लेखेको बताए । ‘मेरो निश्चलसँग व्यक्ति`गत रुपमा केही दु`श्मनी छैन । तर उनले विभिन्न सञ्चार माध्य`ममा राजेशका कुन फिल्म हिट छ भनेको चित्त बुझेन’ भट्टराइले भने ।

Related Articles

Back to top button
Close