Hot News

प्रधानमन्त्री ओलीलाई अर्को प्र हार: स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले विवादै विवादले घेरीएका छन् । आफनै पार्टीका मुख्य नेताहरुले राजिनामा मागिरहेका छन् भने भारतीय मिडियाले उनलाई तारो बनाइरहेका छन् । ओलीलाई आफ्नै बोलीले विवादमा ल्याएको छ ।

मदन भण्डारी स्मृती कार्यक्रममा आफुलाई प्रधानमन्त्रीवाट हटाउन भारतीय अधिकारीसंग होटलमा बैठक बसेको भन्ने अभिब्यक्ति पछि विवादीत बनेका प्रधानमन्त्रीको आफ्नै पार्टीका मुख्य नेताले राजीनामा मागेका छन् । भारतले अतिक्रमण गरेको जमिन लिम्पियाधुरा पनि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया प्रधानमन्त्रीको विरोधमा उत्रिएका हुन् । अहिले फेरी प्रधानमन्त्रीलाई अर्को तरीकाले प्रहार सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्ड स्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको भन्दै समाचार प्रकाशन भएको छ । ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको दावी गर्दैै समाचार बनाएको छ । सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पारेको भन्दै नेपाली मिडियाले पनि समाचार प्रकाशन गरेका छन् ।

ओलीको बैंक खाता मिराबाउड बैंकको जेनेभास्थित शाखामा रहेको र सो खातामा चीनले पैसा हालिदिएको दावी गरिएको छ । बोउले भार्ड जर्जेज फेभवस्थित भवनमा सो बैंक रहेको छ ।

प्रतिवेदक ज्याक्वा र्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ । ओली र उहाँकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको दावी समाचारमा गरिएको छ ।

पहिलो पटक ओलीले प्रधान मन्त्रीको पद सम्हालेका बेला तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्यु निकेशन क्षेत्रमा लगानी लगाउन सघाएको उल्लेख छ । यो सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको र कम्बो डियाका प्रधा नमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बो डियामा सु रक्षित भएको दावी पनि समाचारमा गरिएको छ ।

यस्तो गतिवि धि ओलीले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेयता निरन्तरता पाएको थियो । चिनियाँ नेताले ओलीलाई रकम दिएको जनाइएको छ । सो प्रतिवेदनमा चीनले नेपाल जस्ता देशका अरु नेताहरुलाई यसरी रकम दिएर भ्रष्ट बनाउन थालेको उल्लेख गरिएको छ । चिनियाँ नेता हरूसँग रकम लिएर प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूलाई विभिन्न परियोजना दिएको भन्दै आएको समाचारलाई नेपालका समाचार मध्य ममा पनि सार्वजनिक भएका छन् ।

भारतले चीनके इशारामा ओली भारत विरुद्ध लागेको आरोप लगाएको छ भने नेकपाका नेताहरुले प्रधानमन्त्री पदको मर्यादा राख्न नसकेको भन्दै राजिनामा माग गरेका छन् । सडकमा पनि प्रधानमन्त्रीको पक्ष र विपक्षमा प्रदर्शन सुरु भएका छन् । कोरोना भाइर सको रोक थाम र उपचारका नाममा सरकारले भ्र ष्टाचार गरेको भन्दै सडकमा प्रदर्शन भइरहेका छन् ।

Related Articles

Back to top button
Close