News

काठमा`डौंमा मयूर याता`यातले बस चलाउन थाल्यो

काठमाडौं : मयूर यातायातले काठमाडौं उपत्यकामा मा बस सेवा सुरु गरेको छ। सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेर बस नचलाउने बताइरहँदा मयूरले सोमबार देखि उपत्यका भित्र र काभ्रेको बनेपासम्म बस चलाउन थालेको हो।

सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले बताएका छन्। उनका अनुसार कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई बस चलाएको छ। रिङगरोडमा ४ वटा बस चलाउन थालेको छ।

मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने जनाएको छ। ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरिएको श्रेष्ठले बताए। तर बसमा यात्रु र कर्मचारीलाई पनि मास्क अनिवार्य गरिएको छ।

Related Articles

Back to top button
Close