Science & Tech News

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उप`लब्ध गराउने

काठमाडौँ । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।

आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए।वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभा`इस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ ।

टेलिकमलाई उप`लब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उप`लब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिए।

कम्पनीले वाईफाई सँगै फि`क्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ । संस्था`गत प्रयोगकर्ता लाई फिक्स्ड टेलिफोन उत्तिकै आ`वश्यक र मह`त्त्वपूर्ण हुने भएकाले यससँगै त्यो सु`विधा पनि हुनेछ, उनले भने ।

गोरखापत्र दैनिक बाट

Related Articles

Back to top button
Close