Corona (COVID-19) Updates

नेपालमा पहिलो पटक बैंकको कर्मचारीमा देखियो कोरोना, कुन बैंक र कुन स्थानका हुन् संक्रमित ?

अछाममा बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको छ । बिहीबार जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित रहेको सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीमा कोराना पुष्टि भएको हो ।बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको चौरपाटी गाउँपालिकाका स्वास्थ्य संयोजक धन बहादुर थापाले बताए ।उनले भने ‘ती संक्रमित पुरुष चौरपाटी गाउँपालिका–५ लुंग्राका हुन् ।’

असार १९ गते पिसिआर जाँचका लागि ती पुरुषको स्वाब धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।ती कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले बैंक क्षेत्र सील गरी संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी कार्य भइरहेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले बताए ।पछिल्लो २४ घन्टा १ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालमा ४ हजार ८ सय १० जनाको नमूना परिक्षण गर्दा १ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।योसँगै नेपालमा कोरोना संक्र मित भएका व्यक्तिको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

अहिलेसम्म ८ हजार ११ जना संक्रमितहरु निको भएर घर फर्केका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् । सरकारले दैनिक १० हजारको संख्यामा कोरोना परिक्षण गर्ने बताएपनि विगत केही दिनदेखि ४ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ ।

Related Articles

Back to top button
Close