Corona (COVID-19) Updates

गोकर्णेश्वरका वडा नं ४ का कोरोना संक्रमित ५३ वर्षीय पुरुषको मृ त्यु

काठमाडौं ,असार २७ / गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५३ वर्षीय पुरुषको कोरोना संक्र`मणका कारण मृ`त्यु भएको छ। लामो समय देखि विभिन्न रोगहरु संग लड्दै आएका ति पुरुषको स्वास्थ्यमा समस्या देखिए पछी काठमाडौं मेडिकल कलेज सिनामंगलमा गत आइतवार भर्ना गरिएको थियो।

सो अस्पताल भर्ना गरीए संगै उनको स्वाव परिक्षण गर्दा कोरोना संक्र`मण देखिएका उनको बिहिवार मृ`त्यु भएको थियो। संक्रमित पुरुषको मृ`त्यु भए संगै गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उनको घर क्षेत्रलाई सिल गरि कन्ट्रयाक्ट ट्रेसिंगको काम शुरु गर्ने जानकारी दिएको छ।

कोरोना संक्रमणका कारण ति पुरुषको मृ`त्यु भए पश्चात वडा समितिको बैठक बसी वडाको चौतारा पन्च नारायणको घर देखि ओरालो सम्मको क्षेत्रमा विपद व्यवस्थापन समितका सदस्यहरु परिचालन गरि सिल गर्ने निर्णय गरेको छ।

त्यस्तै उक्त बैठकले त्रसित बनेका वडावासीलाई संयम र सचेत रहन आग्रह गर्दै वडा नं ४ ले सावधानी अपनाउन अनुरोध गरेको छ !

Related Articles

Back to top button
Close