News

यिनी हुन् हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो ।

उद्धार पाइलटको जुन जिम्मेवारी छोडेर आधा दर्जन युवतीहरु भाग्छन् उनले त्यही करिअर रोजेकी छिन् । प्रिया ३० जना पुरुषको टिममा एक्ली महिला हुन् । उनले ९ वर्षको समयमा सगरमाथाको आसपासबाट १ हजारभन्दा बढीलाई उद्धार गरिसकेकी छिन् ।

उनले हिमाल चढ्ने आशमा आएका धेरै पर्वतारोहीको बीच बाटोमै मृत्यु भएको देखेकी छिन्। यस्तै पर्वतारोहणका क्रममा आउने थुप्रै अवरोधहरुको साक्षी बसेकी छिन्।दैनिक उद्धार कार्यमा खट्दा उनले धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ।

जब उनले हिमालय क्षेत्रका दुर्गम क्षेत्रमा हेलिकप्टर उडाउन सुरु गरिन् पुरुषहरुले उनलाई गेष्ट हाउसमा एक्लै बस्न डर लाग्दैन र मौसम प्रतिकूल भए शेर्पा पुरुषहरुले भरिएको टेन्टमा बस्न अप्ठ्यारो लाग्दैन भनेर प्रश्न सोध्ने गर्थे।

‘हवाई उडान क्षेत्र पुरुषहरुको वर्चश्व रहेको काम हो। नेपाल पुरातनवादी सोच भएको राष्ट्र हो जहाँ महिलाहरुलाई घरमै रहनुपर्छ भन्ने सोच छ। काम गर्नुपरे पनि सजिलो काम मात्रै गरोस् भन्ने सोच्छ।’

Related Articles

Back to top button
Close