News

सार्व`जनिक सवारी साधन सञ्चा`लन बारे यातायात व्यवसा`यीले गर्यो यस्तो निर्ण`य

काठमाडाैं / नेपाल यातायात व्यव`सायी राष्ट्रिय महा`संघले अहिलेकै अवस्था`मा सवारी साधन सञ्चा`लन गर्न नसकिने बताएको छ । सरकारले आव`श्यक सुरक्षा अपनाएर छोटो दुरीका सवारी सञ्चा`लन गर्ने निर्णय गरेसँगै महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन नगर्ने बताएको हो ।
`
महा`संघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठ`कले लकडाउन अव`धिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनु`पर्ने, लकडा`उन पछिको कि`स्ताका लागि समय सा`र्नुपर्ने र ब्याज पुर्न`विचार गर्नुपर्ने लगायतका माग पुरा नभए सम्म याता`यात सञ्चा`लन नगर्ने निर्णय गरेको छ ।

लकडाउनको १ सय १० दिनसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भि`सिङमा मात्रै ५० हजार देखि ५ लाख सम्म खर्च हुने अवस्था भएकाले पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । चालक र सहचालकका लागि आव`श्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बिमा गर्नुपर्ने उहाँले बताउनुभयो ।

भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि सरकारले गरेको थियो

Related Articles

Back to top button
Close