Horoscope

केतुले गर्दैछ राशि परिवर्तन, यी राशिको लागि हुनेछ अत्यन्त शुभ !

केतुले मानिसहरुमा कस्तो प्रभाव पार्न सक्छ र यो कुन राशिको लागि शुभ र फलदायी हुन सक्छ र कुन राशिका लागि अशुभ हुन्छ भनेर ज्योतिष विद्यामा विस्तृत रूपमा वर्णन गरिएको छ। केतुको सकारात्मक प्रभाव हुने राशिका मानिसहरुमा आध्यात्मिकतातर्फ झुकाव बढ्छ, जसले खुशी र शान्तिको बाटोतिर अग्रसर गर्छ, तर यसको अशुभ प्रभाव मानव जातिको लागि धेरै कष्टकर हुन सक्छ। यो प्रतिकूल हुनाले धेरै स्वास्थ्य समस्याहरू देखा पर्न सक्छ। गत वर्ष ७ मार्च २०१९ को रातको २ बजेर ४८ मिनेट जाँदा केतु धनु राशिमा प्रवेश गरेको थियो | त्यस्तै, यस वर्ष २३ सेप्टेम्बर बिहान ५ बजेर २८ मिनेट जाँदा यो धनु राशिबाट वृश्चिक राशिमा प्रवेश गर्नेछ। केतुको गोचरले सबै राशिमा असर पर्नेछ |

मेष राशि : यस वर्षको सेप्टेम्बर सम्म केतु ग्रह यस राशिको नवौँ घरमा हुनेछ। ज्योतिषशास्त्रमा नवौँ घर भाग्य र धर्म सम्बन्धित छ। यस समयमा यसको स्थिति तपाईंका लागि उपयुक्त छैन, जसका कारण बढि सतर्क रहनुपर्नेछ। घरमा बुबासँग आपसी सम्बन्धमा खटपट आउने सम्भावना रहेको छ। त्यस्तै, आमाको स्वास्थमा केहि समस्या आउन सक्ने देखिन्छ | पैसाको हिसाबले समय राम्रो नभएकोले बढि ध्यान दिनुहोस् ।

वृष राशि : केतु यस अवधिमा वृष राशिको आठौं घरमा बस्नेछ, जुन उमेरसँग सम्बन्धित छ। यस घरमा केतुको उपस्थिति उपयुक्त छैन। जसको कारण, लेन-देन तथा व्यापारमा घाटा हुनसक्छ | यो समय स्वास्थ्यको लागि पनि अनुकूल छैन। अध्यात्मप्रति झुकाव बढ्नेछ।

मिथुन राशि : यस अवधिमा केतु यस राशिको सातौं घरमा बस्नेछ जसले वैवाहिक जीवनलाई प्रतिबिम्बित गर्छ। जसले गर्दा आफ्नो प्रेम जीवनमा धेरै कठिनाइहरूको सामना गर्नुपर्नेछ। आफ्नो प्रेमीसँग मनमुटाव हुनसक्छ। परिवारमा सम्पत्तिलाई लिएर विवाद बढ्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा धेरै समस्याहरूको सामना गर्नुपर्नेछ।

कर्कट राशि : केतु यस राशिको छैठौं घरमा प्रवेश गर्ने छ जुन डर, रोग र घाटाको प्रतिक मानिन्छ। जसले गर्दा यो समय तपाईंको लागि उपयुक्त छैन | धेरै कठिनाइहरूको सामना गर्नुपर्नेछ । यो समय स्वास्थ्यको लागि पनि उपयुक्त देखिदैन। अनावश्यक रूपमा झगडा बढ्न सक्ने हुँदा ध्यान दिनुहोला। मंगलवार हनुमान मन्दिरको दर्शन गर्नु शुभ हुन्छ।

सिंह राशि : केतु यो राशिको पाँचौं घरमा हुनेछ जुन शिक्षा, बुद्धि र बच्चाहरूसँग सम्बन्धित छ। वित्तीय क्षेत्रमा घाटा सामना गर्नुपर्ने सम्भावना रहेको छ, त्यसैले पैसाको मामिलामा सावधान रहनुपर्छ। यो समय विद्यार्थी र प्रेमीहरूको लागि उपयुक्त छैन | त्यस्तै, स्वास्थमा पनि समस्या आउँन सक्छ, सतर्क रहनुहोला।

कन्या राशि : यस अवधिमा केतु यस राशिको चौथो घरमा हुनेछ जसले आमा, खुशी र शान्तिलाई दर्शाउँछ। यस समयमा घरमा विचलित हुने वातावरण हुनेछ र परिवारमा समस्या आउने सम्भावना रहेको छ। आमाको स्वास्थमा समस्या देखा पर्न सक्छ | खर्च पनि बढ्ने देखिन्छ |

तुला राशि : केतु यो राशिको तेस्रो घरमा बस्ने छ जुन शौर्य र शक्तिको प्रतीक हो। यस घरमा बस्ने केतु तुला राशि हुने मानिसका लागि शुभ साबित हुनेछ। कर्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ | त्यस्तै, आर्थिक रूपमा पनि यो समय निकै शुभ रहेको छ। कुनै पनि नयाँ कार्य सुरु गर्नको लागि पनि निकै शुभ समय रहेको छ |

वृश्चिक राशि : केतु ग्रह यो राशिको दोस्रो घरमा हुनेछ जुन धनसँग सम्बन्धित छ। यस घरमा बस्ने केतु तपाईंको लागि अशुभको संकेत हो, जसले वित्तीय क्षेत्रमा क्षति पुर्‍याउन सक्छ। यस समयमा मानसिक तनावले सताउँन सक्छ | त्यस्तै, घरमा पनि पारिवारिक समस्या देख्न पर्ने देखिन्छ |

धनु राशि : धनु राशिमा केतु जन्म भावमा प्रवेश गर्ने छ जसले मिश्रित परिणाम दिनेछ। प्रेम जीवनमा केहि दुविधा र समस्यको सामना गर्नुपर्ने सम्भावना रहेको छ। यो समय स्वास्थ्यको लागि उपयुक्त छै | धार्मिक काममा बढि व्यस्त रहुनुहुनेछ।

मकर राशि : यस समयमा केतु यो राशिको बाह्रौ घरमा प्रवेश गर्नेछ जसले खर्चलाई प्रतिनिधित्व गर्छ। यस अर्थमा केतुलाई उपयुक्त मानिदैन। त्यसैले गर्दा, यो समयमा खर्च बढ्ने सम्भावना रहेको छ| यात्राको योग देखिन्छ। मानसिक तनाबले सताउँन सक्छ |

कुम्भ राशि : केतु यस राशिको एघारौं घरमा हुनेछ जुन आर्थिक फाइदाहरूसँग सम्बन्धित छ। यस घरमा रहेको केतुले शुभ फल दिन्छ।कर्यक्षेत्र तथा शिक्षा क्षेत्रमा पनि सफलता प्रप्त हुने देखिन्छ | त्यस्तै, प्रेम जीवनमा रहेका समस्या पनि हटेर जानेछन् | तिल दान गर्नु शुभ हुन्छ |

मीन राशि : यो राशिमा केतु दशौँ घरमा हुनेछ जसले कर्म र प्रतिष्ठा दर्शाउँछ। यो समय तपाईंको लागि अस्थिर रहनेछ। आर्थिक रूपले यो समय निकै राम्रो रहेको छ | तर मानसिक तनाबको सामना गर्नुपर्न सक्छ | धार्मिक कार्यमा लाग्नाले यस्ता तनावबाट मुक्त हुन सक्नुहुनेछ |

Related Articles

Back to top button
Close