News

सुशा`न्तका फ्यान`हरूलाई आयो खु`सीको खबर !!

सुशान्त सिंह राजपुतको अन्तिम फिल्म `दिल बेचारा´ प्रदर्शनको तयारीमा छ। फिल्मको ट्रेलरलाई फ्यानहरूले अत्याधिक माया दिएर चर्चाको शिखरमा पुर्याएका छन् । ट्रेलरले रिलिजको २४ घण्टा नबित्दै थुप्रै विश्व रेकर्ड तोडेको थियो।

हलिउडका फिल्मी ट्रेलरलाई पछाडि पार्दै अत्या`धिक भ्युज, लाइक, कमेण्ट पाउने ट्रेलरको कृतिमान आफ्नो नाममा पार्न सफल भयो `दिल बेचारा´को ट्रेलरले। यो सबै फ्यानहरूले सुशान्तलाई दिएको माया हो।

सुशा`न्तका फ्या`नहरूका लागि खु`सीको `खबर आएको छ। २४ जुलाईका दिन सुशा`न्तको अन्तिम फिल्म `दिल बेचारा´ डिज्नी प्लस हट`स्टारमा प्रदर्शन हुने भएको छ। खुसीको कुरा त के छ भने यो फिल्म उनका फ्यानहरूले बिना सब्स्क्रीप्सन हेर्न पाउने भएका छन् । अर्थात बिना कुनै शुल्क सित्तैमा यो फिल्म हेर्न पाइने छ।

यो खबरले सुशा`न्तका फ्यानहरूमा निकै उ`त्साह थपिएको छ। साथै सुशान्तको अत्याधिक रुचाइएको टेलि शृङ्खला `पवित्र रिस्ता´ पुनः सञ्चालन हुने भएको छ। सुशान्तलाई उनका फ्यानहरूले धेरै मिस गरिरहेको र सो धारा`वाहिक पुनः सञ्चालन गर्न माग गरेकाले यसो गर्न लागिएको जानकारी पवित्र रिस्ताकी निर्मात्री एकता कपुरले बताएकी छन् ।

जी अनमोल नामक च्यानलमा पवित्र रिस्ताका पुराना सम्पूर्ण भागहरू हेर्न सकिने छ। साथै युट्युबमा जी अनमोल नामको च्यानलमा पनि देख्न सकिने छ। युट्युबमा यसको प्रोमो रिलिज भैसकेको छ।

Related Articles

Back to top button
Close