Banking News

बैंक तथा सहकारी शनिबार पनि खुल्ने !

काठमाडौं । बैंक तथा सहकारी भोलि शनिबार पनि खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भोलि शनि`बार पनि पूर्ण कालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था लाई असार मसान्त सम्म जुनसुकै बिदाका दिन खुला गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभा`गका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखा खुला राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।

यस्तै राष्ट्र बैंकले सबै बैंकसहित नेपाल क्लियरिङ हाउसलाई समेत पूर्ण कालीन रुपमा शनिबारका दिन खुला गर्न निर्देशन दिएको छ ।

Related Articles

Back to top button
Close