Religious

आज शुक्रबार, शुक्रबारको दिनमा कुवेर`को पुजा आजा गर्नाले धन ब`र्षा हुने धार्मिक वि`श्वास

देवता मध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेर`लाई लिइन्छ । कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरु`री रहन्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्र`बार मानिन्छ ।

कुबेर यन्त्रः
तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेर यन्त्र हो । जीव`नमा सुखी, सम्पन्न र ऐश्व`र्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ ।

ख्याल राख्नुपर्ने कुराः
कुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरी राख्नुपर्छ । यसको मुख उत्तर वा पूर्वी दि`शामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुग`न्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सका`रात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ ।

कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पट`क जप गर्नुहोस् ।

पुजा सामाग्रीः धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ ।

कसरी गर्ने पूजाः
शुक्ल पक्ष`को कुनैपनि शुक्रबार रात्रिमा कुबेरको पूजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घर बाट निस्कि`एमा तपाईलाई दिन सुखमय बित्नेछ भने धन प्राप्ति हुने योग बन्ने विश्वास गरिन्छ ।

Related Articles

Back to top button
Close