News

अब कुन-कुन भारतिय च्यानल नेपालमा चल्दैनन् ?

काठमाडौं : छिमेकि मुलुक भारतसंग तिक्त्तता बढिरहेका बेला नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको भएकाे छ।

नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ नक्सा जारी गरेपछि भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका थिए। पछिल्लाे केहिदिन यता भारतिय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित रिपाेर्ट प्रसारण गरेसंगै त्यसकाे निकै आलाेचना भएकाे थियाे ।

भारतीय मिडियाले नेपाल र नेपालीप्रति अनावश्यक टिप्पणी गर्न थालेपछि नेपालीहरु आक्रोशित बनेका थिए । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतिय न्युज च्यानल बन्द गर्ने भनिए पनि अन्य च्यानलकाे बारेमा भने जानकारी दिइएकाे छैन ।

Related Articles

Back to top button
Close