News

भारतीय च्यानल गरेकाे भन्दै जनकपुर मा प्रदर्शन, डिस हाेमकाे पाेष्ट`र जलाइयाे – भिडियाे

नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण ब`न्द गरिएसंगै जनकपुरमा प्रदर्शन गरिएकाे छ । डिसहोम बाट भारतको न्युज च्यानलहरु बन्द गरेपछि जनकपुर धाममा प्रदर्शन गरिएकाे हाे ।

उनीहरुले नेपालका जनताहरु नेपालमा मात्र नभई भारत सहित विश्वभ रि छरिएकाले कुनै पनि सञ्चारको हक खो`स्न नहुने भन्दै उक्त निर्णय विरू द्ध नाराबाजी गर्दै आफुहरुले हेर्दै आएको च्यानलहरु पुनः प्रशारण नभए डिश`होम लाई बहि`ष्कार गर्ने र यहाँको विक्रेताहरुका साथै अधिकृत विक्रेताहरु सवै शाखाहरु बन्द गर्ने चे’तावनी दिएका छन् ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एम एस ओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएपछि प्रदर्शन गर्दै उनीहरुले डिश`होम मुर्दावाद, नेपाल सरकार मुर्दावाद, निरंकुश शासन बन्द गर लगा यतका नाराहरु लगाएका छन् ।

च्यानल वितरकहरुले बिही`बार साँझ देखि सरकारी स्वामि त्वको दूरदर्शन बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपा ध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अति रन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्ति जनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदे`खिने बनाइएको शर्माले बताए । तर इन्टरनेट बाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न उनको भनाई छ ।

Related Articles

Back to top button
Close