Educational News

त्रिविद्धारा स्नातक तहको नतिजा भर्खरै प्रकाशित : [ अनलाईन नतिजा हेर्ने तरिका सहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले आज स्नातक तहको नतिजा प्रकाशन गरेको छ । तीन बर्षे ब्याचलर अफ एजुकेशन (बीएड) प्रथम वर्ष, २०७६ ब्याचको परीक्षा परिणाम प्रकाशित भएको हो । परीक्षा भाद्र–अश्विन २००७६ मा सम्पन्न भएको थियो। प्रकाशित नतिजामा पास प्रतिशत जम्मा ४१ प्रतिशत मात्र छ।

 

जम्मा ७७४९ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये ३१९१ जना विद्यार्थी मात्र पास भएका छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । एसएमएसबाट नतिजा चेक गर्ने तरिका तल अपलोड गरिएको प्रतिमा हेर्नुहोला । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।


 

त्रिभुबन बिश्वबिध्यालय सम्बन्धि जानकारीका लागि तलको समुहमा सामेल हुनु होला ::

https://www.facebook.com/groups/2617949858478416/

स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?

लक डाउनका कारण स्थगित हुन पुगेका विभिन्न तहका परीक्षा संचालन गर्ने तयारी त्रिभुवन विश्ववि द्यालयले गरेको छ। सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत् नै परीक्षा लिने भन्नेमा छ लफल भइरहेको त्रिविले जनाएको छ। परीक्षाको उपयुक्त माध्यम र त्यसको कार्यविधि समेत सिफारिस गर्न विश्वविद्यालयले समिति नै गठन गरी अध्ययन थालेको छ।

 

प्राडा सुर्वण शाक्यको नेतृत्व मा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत लिने भन्नेमा केन्द्रित रहेर छलफल थालिसकेको समेत जानकारी दिएको छ। कमिटी अफ अल्ट नेटिभ एक्जाम मोडका सदस्य एवं परीक्षा नियन्त्रण कार्यलय बल्खु का उप नियन्त्रक विष्णु वाग्लेका अनुसार ३९४ दिनमा नै कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगो लाग्ने छ।

Related Articles

Back to top button
Close