Lockdown News

लक`डाउन अवधि भरको घर भाडा मिनाहा हुनुपर्छ, माइती घर मण्डलमा प्रद`र्शन गर्छौ

काठमाडौं । नेपाल राष्ट्रिय व्यव`सायी महा`सङ्घले लक`डाउन (बन्दा बन्दी) अवधि`को बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ । महा`सङ्घले यहाँ आज पत्र`कार सम्मे`लन गरी कोभिड–१९ का कारण यति बेला समग्र उद्यो`गी, व्यव`सायीहरु निकै कठिन अवस्था`मा पुगेको जना`उँदै बैंक ब्याज र घरभाडा मिनाहा गर्न माग गरी स`ङ्घर्षको घोषणा समेत गरेको छ ।

महासङ्घले पहिलो चरणको आन्दोलनअन्तर्गत यही शुक्रबार माइतीघर मण्डलमा ताला चाबीसहित प्रदर्शन गर्ने भएको छ । सोही अवसरमा महा`सङ्घका अध्यक्ष नरेश कटुवालले आफूहरुले पटक पटक उठाएका मागका विषयमा सरकार गम्भीर नभएपछि आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यवसायीका समस्याबारे हामीले पटक पटक जानकारी गराउँदासमेत राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय गर्न सकेको छैन, त्यसैले अब आन्दोलन गर्नुको विकल्प छैन ।”

ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्ष पछि सार्नुपर्ने र कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्नेसमेत महासङ्घको माग छ । काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिकालगायत सम्बन्धित निकायमा आफ्नो मागबारे ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाई नभएको अध्यक्ष कटु`वालले बताउनुभयो ।

Related Articles

Back to top button
Close