Bollywood News & Updates

बलिउडका व`रिष्ठ अभिनेता जग दीपको निधन

२५ असार, एजेन्सी । बलिउडका वरि`ष्ठ अभिनेता तथा चर्चिच हास्य`व्यंग्यकार जगदीपको नि`धन भएको छ । उनको बुधबार बेलुकी मुम्बई स्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८१ वर्षका जगदीप क्यान्सरसँग लडिरहेका थिए । बुधबार बेलुका साढे आठ बजे निधन भएका उनको बिहीबार बिहान ११ बजेपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको बिबिसीले हिन्दीले लेखेको छ ।

उनको निधनपछि बलिउड शोकमा छ । अभिनेता अनुपम खेरले ट्वीट गरेर अर्को एक तारा धर्तीबाट आकाश गएको उल्लेख गरेका छन् ।

जगदीपले बलिउडका सुपरहिट चलचित्रहरुमा काम गरेका छन् । उनले शोले चलचित्रमा सूरमा भोपालीको भूमिका निर्वाह गरेका थिए । यस्तै अन्दाज अपना अपनामा उनले गरेको कामको पनि खुब चर्चा हुने गर्छ ।

जगदीपले झण्डै ४०० चलचित्रमा काम गरेका छन् । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । तर चलचित्र जगतमा उनी जगदीपका नामले चर्चित भए । उनको जन्म सन् १९३९ को मार्च २९ मा भएको हो । चर्चिच अभिनेता जावेद जाफरी र नावेद जाफरी उनका छोरा हुन् ।

Related Articles

Back to top button
Close