Weather Forecast

भोलिदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने, सचेत रहन सरकारको आग्रह

काठमाडौं । गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि चार दिनसम्म यस वर्षकै धेरै पानी पर्ने भएकाले सचेत रहने सबैमा आग्रह गरेको छ ।

बुधबार प्रेस विज्ञप्ति निकालेर प्राधिकरणले असार २५ गते बिहीबारदेखि २८ गतेसम्म चारवटा प्रदेशमा यस वर्षकै सबैभन्दा धेरै पानी पर्ने जानकारी दिएको हो । ‘असार २५ गतेदेखि २८ गतेसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेका बेला हुन लागेको भारी वर्षाले पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने, कतिपय ठाउँमा पहिरो जानसक्ने भन्दै प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्ने प्राधिकरणको पूर्वानुमान छ । यस क्षेत्रका स्थानीयलाई सर्तक रहन सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

Related Articles

Back to top button
Close