Corona (COVID-19) Updates

त्रिवि अस्पताल महाराजगन्जमा एकैदिन १ सय १४ जनाको पीसीआर पोजिटिभ आएपछि ढाकछोप गर्ने प्रयास

काठमाडौं, असार २४ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । २४ घण्टामा सबैभन्दा बढी ७ सय ४० जनामा संक्रमण पुष्टि भएको दिन गत शुक्रबार धनगढीको सेती प्रादेशिक अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशालामा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ देखिएको थियो ।

त्यही दिन ललितपुरको पाटन अस्पतालमा गरिएको २ सय ७ नमुना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुना परीक्षणमा सबै पोजिटिभ आएको थियो ।

विज्ञहरूका अनुसार हालसम्म मुलुकमा जति परीक्षण गर्‍यो, सबैमा पोजिटिभ आउने स्थिति छैन । तर प्रयोगशालामा सबै नमुना पोजिटिभ नतिजा आउँदा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले खासै ध्यान दिएनन् । यस्तो ‘प्राविधिक त्रुटि’ बारे छानबिन पनि भएन ।

वरिष्ठ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीका अनुसार हालसम्मका परीक्षणमा अधिकतम १५ प्रतिशतसम्म मात्र पोजिटिभ आउने गरेको देखिएको छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।प्रयोगशालामा राखिएको किट सही तरिकाले प्रयोग नभएर सबै पोजिटिभ आएको हुन सक्ने स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

त्यस दिन संक्रमण नभएका व्यक्तिमा पोजिटिभ देखिएको हुन सक्छ । तर यो गम्भीर गल्तीलाई ढाकछोप गर्ने प्रयास भइरहेको छ ।osnepal

Related Articles

Back to top button
Close