Religious

लगातार सात बु`धवार गर्नुहोस् यी काम, हुनेछ सबै मनो`कामना पूरा !!

भगवान गणेशलाई भगवान मध्ये पनि शिर्ष स्थान दिईन्छ | शास्त्रमा गणेश जीलाई कष्ट हर्ने भगवान भनिएको छ | भगवान गणेशको पूजा विशेषगरि बुधवार गरिन्छ | सहि विधि पुर्याएर पूजा गर्यो भने गणेश जी ले सबैको कष्ट हर्नु हुन्छ |

लगातार ७ बुधवार गणेशजी लाई सिन्दूर अर्पण गरियो भने जीवनमा सबै समस्याहरू पार हुन्छन् भन्ने विश्वास गरिन्छ । जीवनमा समस्याहरू अन्त्य हुनेछ र खुशी छाउनेछ ।यदि तपाइँ कुनै पनि काममा सफल हुन चाहानुहुन्छ भने गणेश जीलाई लगातार ७ बुधवार लड्डु चडाउनुहोस् ।

यसो गर्दा तपाईंको सबै काम सफल हुन्छन् | यदि तपाईं आफ्नो जीवनमा धन वृद्धि होस् भन्ने चाहनुहुन्छ भने, सेतो गाईलाई हरियो परिकार लगातार ७ बुधवार खुवाउनुहोस्, तपाईंको जीवनमा पैसाको अभाव समाप्त हुनेछ।

यदि तपाईं आफ्नो सबै मनोकामना पूरा होस् भन्ने चाहनुहुन्छ भने गणेश जीलाई लगातार ७ बुधवारको गणेश जीलाई सखर अर्पण गर्नुहोस् । यो उपाय गर्नाले, तपाईंको सबै बिग्रिएको कार्यहरू सम्पन्न हुनेछ | यदि तपाइँको काममा कुनै पनि प्रकारको कठिनाइहरु आइरहेको छ भने लगातार ७ बुधवार गणेश जीको लागि रुद्राक्ष चडाउनुहोस्। यसो गर्नाले तपाईंको काममा सबै कठिनाइहरू हट्नेछ।

यदि तपाईं आफ्नो घरमा शान्ति कायम रहोस् भन्ने चाहानुहुन्छ भने गणेश जीको मन्दिरमा हरिया सागपात लगातार ७ बुधवार दान गर्नुहोस्। त्यसो गर्नु फाइदाजनक हुन्छ। यदि तपाईं आफ्नो जीवनमा ऋण बाट छुटकारा पाउन चाहनुहुन्छ भने लगातार ७ बुधवार हरियो मुंग दाल दान गर्नुहोस्। गणेश जीलाई लगातार ७ बुधवार दुबो अर्पण गर्नुहोस् । यसो गर्नाले जीवनमा ज्ञान र बुद्धि प्राप्त हुनेछ। गणेश जीलाई पानी र सुपारी चढाउँदा जीवनमा बुद्धि र धन प्राप्त हुन्छ।

Related Articles

Back to top button
Close