भोलि असार २४ गते बुधबार, कसरी बित्ला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) – यसदिन तपाइको लागि राम्रो रहनेछ । व्यापारसंग सम्बन्धित कार्यको लागि लाभदायी दिन छ। घरमा शुभप्रसंगको आयोजना हुनेछ । शेयर-सट्टामा आर्थिक लाभ हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) – यसदिन अनुकूलता र प्रतिकूलतासंग मिल्दो दिन हुनेछ। व्यावसायिक रूपबाट तपाई नया विचारधारा कार्यान्वयन गर्नुहुनेछ । यसदिन आलस्य र चिन्ता हुनेछ। स्वास्थ्यको विषयमा ध्यान दिनुहोस। व्यवसायमा पदोन्नति हुनेछ । गृहस्थजीवन आनन्दपुर्वक बित्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) – नकारात्मक विचारलाई मनबाट टाढा गर्नुहोस। खानपानमा ध्यान राख्नुहोस। सवारी चलाउने समयमा एकदम ध्यान दिनुहोस। आकस्मिक धन खर्च हुनेछ । कुनै कारणवश बाहिर जाने प्रसंग बन्नेछ। धेरै धन खर्च नगर्नुहोस।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) – स्वादिष्ट एवम उत्तम भोजन, सुन्दर वस्त्र र विपरीत लिंगीय व्यक्तिको साथ पाएर तपाई प्रसन्न रहनुहुनेछ । तपाईको आर्थिक पक्ष बलियो हुनेछ। अचानक धन खर्च हुनेछ। विचारमा समस्या आउनेछ। नया कार्यको सुरुवात नगर्नुहोस।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) – तपाईको व्यापारको विस्तार हुनेछ। व्यवसायमा धन सम्बन्धित आयोजना गर्नुहुनेछ। उचित कारणमा धन खर्च हुनेछ। विदेश स्थित व्यवसायीबाट लाभ हुने सम्भावना रहेको छ। आकस्मिक धन खर्च हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) – तपाईको यसदिन सुख-शान्तिपुर्वक बित्नेछ । व्यापारको लागि यसदिन निकै राम्रो रहेको छ। धन सम्बन्धित विषयमा सरलता रहनेछ। घरमा शान्ति र आनन्द बनिरहनेछ। व्यवसायमा वातावरण राम्रो रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- तपाइको यसदिन मध्यम फलदायी रहनेछ। शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको अभाव रहनेछ। परिवारमा उग्र वातावरण रहनेछ। व्यावहारिक जीवनमा मानहानिको प्रसंग बन्नेछ। मध्यान्हपछि तपाइको शारीरिक र मानसिक स्थितिमा सुधार हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) – यसदिन सम्पत्ति सम्बन्धित कार्य र घरेलु जीवनसँग सम्बन्धित समस्या समाधान हुनेछ। व्यवसायीको लागि यसदिन अनुकुल छ। दाजु-भाइसंगको सम्बन्ध सहयोगी रहनेछ। मध्यान्हपछि शारीरिक र मानसिक प्रतिकूलता रहनेछ। धन हानि हुने योग रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) – व्यक्तिगत सम्बन्धको साथ मन चित्त दुख्नेछ, यसको ध्यान दिनुहोस। स्वास्थ्य राम्रो हुनेछ । यसदिन आध्यात्मिक प्रवृत्तिको लागिनिकै राम्रो रहेको छ। आर्थिक लाभ पनि हुनेछ। शरीर र मन दुवै स्वस्थ रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) – यसदिन तपाइको धार्मिक र आध्यात्मिक प्रवृत्तिमा वृद्धि हुनेछ। व्यवसाय र व्यापारमा पनि वातावरण अनुकूल रहनेछ। तपाइको हरेक कार्य सरलतापूर्ण पुरा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) – धार्मिक र सामाजिक कार्यको पछि धन खर्च हुनेछ। यसदिन तपाइको व्यवहारमा धेरै नै आध्यात्मिकता देखिनेछ। मध्यान्हपछि तपाइको प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। तपाइको मनमा मानसिक शान्ति छाईरहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) – व्यावसायिक तथा अन्य क्षेत्रमा तपाइको दिन लाभदायी रहनेछ। यात्रा तथा मित्रसंग भेट हुनेछ। मध्यान्हपछि हरेक कार्यमा केहि सावधानी अपनाउनुहोस्। व्यावसायिक कार्यमा सरकारी प्रभाव तपाईमा पर्नसक्नेछ।