EntertainmentVideos

रचना, एलिना र समिक्षाको ‘आयौं चेली माइती सम्झेर’ तीज गीत सार्व जनिक (भिडियो सहित)

काठमाडौं / कोरोना महामारी बिच पनि नेपालमा तीजको रौंनक बढिसकेको छ । गत बर्षहरुमा झै यो बर्षपनि तीजको गीत डिजिटल बजारमा धमाधम सार्वजनिक भइरहेको छ । लामो समय ३ महिना बन्दाबन्दीमा रहेर बाहिर निस्केका कलाकारहरु यतबेला तीज गीतको रेकर्डिङ र छायांकनमा व्यस्त देखिन्छ ।

कोरोना कहरका कारण यो बर्षको तीज गतबर्षहरु झै रमाइलो गरि मनाउने बाताबरण बन्न निकै नै मुस्किल छ । तर, पनि कलाकारहरु तीज गीतका लागि जोडदार लागि परेका परेका छन् , केही कलाकारहरुले कोरोनाकै बिषयलाई गीत बनाएका छन् ।

त्यस्तै गज्जब टिभी युट्युब च्यानलमार्फत ‘आयौं चेली माइती सम्झेर…’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतको शब्द घनश्याम ओली, संगीत दिपक शर्मा, एरेन्ज कृष्ण वि.क., मिक्सिङ श्यामश्वेत रसाइली, स्वर अहिलेका तीनै जना चर्चित गायिका रचना रिमाल, एलिना चौहान र समिक्षा अधिकारीको रहेको छ ।

यस म्युजिक भिडियोको छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।

भिडियो हेर्नुहोस् :

Related Articles

Back to top button
Close