Hot News

भक्तपुरमा भर्खरै खनेको इनार बाट ग्यास निस्किए पछि हेर्ने मानिसको भी`ड

भक्तपुर २३ असार – चाँगु नारायण नगरपा`लिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षी`या जमुना राई जलेर घाइते` हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनार बाट निस्केको ग्या सहितको आगोको लप्काले उहाँको अनुहार सहित केही भाग जलेको हो ।

उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइ`रहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उहाँले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमा`उण्डमा इनार खन्नु`भएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाइ कोर्नासाथ ठूलो आवाज सहित इनारको ढकनी नै उछिट्याएर ग्यास सहित आगो लप्का निस्किएको थियो ।

सो वडा अध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।(रासस)

Related Articles

Back to top button
Close