Corona (COVID-19) Updates

सुखद खबर, आज नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या करिब दोब्बरले बढी

काठमाडौंः नेपालमा आज थप २ सय ६४ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यस्तै आज थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्र मणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ८० संक्र मण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १५ हजार ९ सय ६४ कोरोना संक्र मित फेला परेका छन् ।

नेपालमा पछिल्ला दिनमा कोरोना संक्र मित बिरामी भन्दा निको हुनेको संख्या बढीरहेको छ । अहिलेसम्म नेपालमा ६ हजार ५ सय ४७ जनाले कोरोनालाई जितेका छन् । जुन आँफैमा सुखद पक्ष हो ।

Related Articles

Back to top button
Close