Corona (COVID-19) UpdatesNews

नेपाल वायुसेवा निगममा पनि पस्यो कोरोना महा मा री, यति धेरै संक्रमित भएको खुलासा

काठमाडौं । महामा रीको रुपमा देखिएको कोरोना भाइरस नेपाल वायुसेवा निगम भित्र पनि प्रवेश गरेको छ । निगमका तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्र मण पुष्टि भएको छ ।

सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा १४ जना कोरोना पोजिटिभ देखिएको निगमले जनाएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगमले जानकारी गराएको छ।

यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेका छन् । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा संक्र मण देखिएको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close