Educational News

त्रिविले भर्खरै गर्यो परीक्षाफल सार्वजनिक [अनलाइन यसरी चेक गर्नुहोस्]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय, बल्खुले आज भर्खरै महत्वपुर्ण नतिजा सार्वजनिक गरेको छ । त्रिविले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरिएको जनाएको छ ।

त्रिविले मास्टर अफ एजुकेशन (एमएड) दोस्रो वर्ष (२०७६) ब्याचको परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको छ । परीक्षा माघ २०७६ मा भएको थियो । पास प्रतिशत ४७.७ प्रतिशत रहेको छ । जम्मा ६ हजार ७८७ विद्यार्थीले परीक्षा दिएका थिए ।

जसमध्ये ३ हजार २३८ विद्यार्थी उर्तीण भएका छन् । अनलाइन नतिजा हेर्नका लागि यहाँ थिच्नुहोला < https://www.tuexam.edu.np/>। नतिजा आफुले हेरिसकेपछि अरुको जानकारीका लागि सेयर गरिदिनुहोला । -त्रिवि

Related Articles

Back to top button
Close