Corona (COVID-19) Updates

काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाडौँ, २२ असार । बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भक्तपुरका १०, काठमाडौँका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ।

Related Articles

Back to top button
Close