Lockdown News

साउन १ देखि सवारी साधनका लागि आयो नयाँ सुचना! !

काठमाडौं – करिब साढे दुई वर्ष देखि रोकिएको इम्बो स्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था वि भागले बाग्मती प्रदेशका याता यात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वया मित्वमा रहेका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ ।

विभागले असार २१ गतेदेखि अन लाइन फाराम खुला गरेको छ । विभागको वेब साइ टमा गई इम्बो स्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पा ङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।

तीन पाङ्ग्रे सवा रीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ ।

दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय टेकु, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय एकान्त कुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग मीनभवन तोकिएको छ ।

इम्बोस्ड नम्बर जडानका लागि हाल सम्मको राजस्व चुक्ता भएको हुनुपर्ने विभागका महानि र्देशक गोगन बहादुर हमालले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

Related Articles

Back to top button
Close