शंखरापुरकी ४४ बर्षीय महिला काेराेना संक्रमित !!!
साँखु, असार २२ गते साेमबार । पथरीकाे उपचार गर्न असार १४ गते नेपाल मेडिकल कलेज अस्पताल जाेरपाटीमा गएकी शंखरापुर नगरपालिका वडा नं. ४ लप्सेफेदिकी अन्दाजी ४४ बर्षीय महिलाकाे अस्पतालमै पि.सि.अार टेष्ट्र गर्दा रिपाेर्ट पाेजिटिभ अाएकाे जानकारी शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाइले दिनु भएकाे छ ।
अस्पतालमा अन्य बिरामीहरूकाे समेट पि.सि.अार परिक्षण गर्दा रिपाेर्ट पाेजिटिभ अाएकाे र उक्त बिरामीहरूकाे टेकुमा पुनः पि.सि.अार परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ अाएकाे र उक्त महिलाकाे पनि राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा पुन पि.सि.अार परिक्षणकाे लागि टेकुमा पठाएकाे जानकारी पारिवारिक स्राेतले दिएका छन ।
अस्पतालकाे मेसिनकाे खराबीले वा अन्य कुनै त्रुतिले मात्र पाेजिटिभ अाएकाे हुन सक्ने अाशंकामा पुन परिक्षणकाे लागि टेकु पठाइएकाे अस्पटालका डाक्टरहरूले बताएकाे र टेकुकाे रिर्पाेर्ट अाए पछि मात्र संक्रमण हाे कि हाेइन भन्ने निश्चित हुने पारिवारिक स्राेतले दिएका छन । हाल उक्त महिलालार्इ बलम्बु स्थीत शसत्र प्रहरी अस्पतालमा उपचारकाे लागि लगिएकाे छ।
उक्त महिलाकाे ट्राभल हिस्ट्री नभएपनि कसरी काेराेना पाेजिटिभ कसरी अायाे भनि अचम्म लागेकाे पारिवारिक स्राेतले बताउदै यद्दपी हाल अाफुहरूलार्इ समेत अस्पतालकाे क्वारेन्टाइनमा राखेकाे जानकारी दिएका छन ।
वडा नं. ४ का वडा अध्यक्ष बुद्धि बहादुर तामाङ्गले लप्सेफेदिका युवतीमा काेराेना संक्रमित भएकाे हल्ला फैलिए सँगै स्थानीय त्रसित भएकाे र परिवारका अन्य सदस्य र युवतीकाे सम्पर्कमा रहेकाहरूकाे कन्ट्राक ट्रेसिङ्गकाे लागि पहल भै रहेकाे बताउनु भयाे ।
Via shankharapurnews.com