News

मेलम्चीको पानी सुरुङभित्र छाडियो, पुस अगाबै काठमाडौँमा पानी !!

२१ असार, काठमाडौँ ।मेलम्चिको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो । आइतबार विहान ९ः ४५ बजेट अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो ।

२ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनिसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताए । परीक्षणका लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिएको उल्लेख गर्दै उनले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताए ।

पूर्ण रुपमा भरिएको सुरुङ १० दिसम्मयथास्थितिमा राखिने छ । पानी भरिएकै दरमा खालि गर्न पुनः २० दिनको समय लाग्ने पनि उनले बताए । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न ७ दिन लाग्ने छ । त्यसमा कुनै समस्या देखिएमा ७ दिनभित्र काम सम्पन्न गरिने उनले बताए । त्यसपछि नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा काठमाडौंका लागि उपलब्ध हुने उनले बताए ।

खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्चि आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताइन् । मेलम्ची आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमाथुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनले बताइन् ।

उनले भनिन्– ‘‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो । आवश्यक ट्ष्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ । मिति तय गरेर छिट्टै घर घरमापानी पुरयाउने छौँ ।’’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । अम्बाथानको अडिट टनेलको ढोकाबन्द गरेर सोमबार सुरुङमार्ग तर्फ पानी पठाइँदैछ । सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो ।

Related Articles

Back to top button
Close