Banking NewsEconomic News

भोली ५० रुपैयाँको नयाँ नोट बजारमा आउने, हुनेछ यस्तो

काठमाडौँ- सोमबारबाट बजारमा आउने ५० रुपैयाँको नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ भोली देखी बजारमा ल्याउने भएको हो । सूचना सार्वजनिक जारी गर्दै राष्ट्र बैंकले ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । ती नोटमा निवर्तमान गभर्नर डा। चिरञ्जिबी नेपालको हस्ताक्षर रहने जनाइएको छ ।

नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।उक्त नोटहरुमा अघिल्लो भागमा सगरमाथाको चित्र र लालीगुँरासको पानी छाप रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि।सं २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र रहेको छ ।

बैकंका अनुसार नोटको मध्य भागमा नेपाल राष्ट्र बैंक लेखिएको हुने छ । बंकले सर्वसाधारणको जानकारीका लागी यो सुचना प्रकाशित गरेको हो ।

Related Articles

Back to top button
Close