News

पहिलो पटक गोर्खा भर्ती रोकियो !!

धरान : विश्व व्यापी रुपमा फैलि`एको कोभिड–१९ (कोरोना भाइरस) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ। कोरोना संक्र`मणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुड`म्यानले जनाएका छन् ।

बेलायतले बर्सेनि प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखरा बाट गोर्खा भर्ती लिने गर्छ। यस पटक नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाई सम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिख सम्म नयाँ नाम दर्ताका लागि मिति तोकि`एको थियो।

धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बर देखि १८ अक्टोबर र पोखराको ९ अगस्ट देखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्र`मणका कारण स्थगित भएको छ। यस`पटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने बताएको छ।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Related Articles

Back to top button
Close